फाल्गुन २६, २०८२ मंगलबार | ००:१९:२०
एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान

एसियाली खेलकुदः ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त

फाइल फोटो: प्रिन्स दाहाल

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदकाे ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त भएको छ ।

बुधबार पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २-० को सोझो सेटमा पराजित भएपछि नेपालकाे चुनाैती सकिएकाे हाे । १९ मिनेट चलेको खेलमा नेपालले ११-२१ र ४-२१ ले गुमाएकाे थियाे । 

अन्तिम-३२ को खेलमा जीवन र विष्णुको जोडीले माल्दिभ्सका अहमद निबाल र रसिद मोहम्मद अज्फानको जोडीलाई २-० को सोझो सेटमा पराजित गरेको थियो ।  उनीहरुले खेल २१-१८, २१-१७ ले आफ्नो पक्षमा पारेका थिए । 

महिला एकलतफ राशिला महर्जनको यात्रा अन्तिम-१६ मै सिमित बन्यो । रशिला बधुबार सम्पन्न खेलमा चीनकी बिङजिओसँग हेसँग २-० को सोझो सेटमा पराजित भइन् । उनले खेल १०-२१, ४-२१ ले गुमाएकी हुन् ।

रशिलाले मंगलबार अन्तिम-३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी थिइन् ।

यसैगरी मिक्स्ड डबल्समा विष्णु कटुवाल र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम-१६ मै पूर्णविराम लागेकाे छ । उनीहरु चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएका हुन् ।

विष्णु र नङ्सल ४-२१, ७-२१ ले स्तब्ध बने । यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले निरास बनाउँदै अन्तिम-१६ मा प्रवेश गरेको थियो ।

महिला डबल्समा ताइपेइका चिङ या सु र चिङ्ग वान लीको जोडीसँग २-० को सोझो सेटमा पराजित हुँदा निता लम्साल र नङ्शलदेवी तामाङको यात्रा अन्तिम-३२ बाट अगाडि बढ्न सकेन । उनीहरु खेल १-२१, ५-२१ ले गुमाएका थिए ।

यो स्पर्धामा इन्डोनेसियाका इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएपछि रशिला महर्जन र अनुमाया राईको जोडी पनि अन्तिम-३२ मै सिमित बन्यो । उनीहरु ३-२१, ७-२१ ले स्तब्ध भएका थिए ।

महिला एकलतर्फ थाइल्यान्डकी पोर्नपावी चोचुवोङसँग २-० को सोझो सेटमा पराजित हुँदा अनुमाया राईको यात्रा अन्ति-३२ मै सिमित बन्यो । अनुले खेल १०-२१, ४-२१ ले गुमाएकी थिइन्।

पुरुष एकलमा जापानका केन्टा निश्हिममोटोसँग २-० को सोझो सेटमा पराजित हुँदा प्रिन्स दाहालको यात्रा पहिलो चरणमै सिमित भयो । प्रिन्सले खेल १२-२१, ७-२१ ले गुमाएका थिए ।

पुरुष एकलमै सुनील जोशी पनि थाइल्यान्डका कान्ताफोन वाङ्चारोएनसँग सोझो सेटमै पराजित भए । सुनील ७-२१, ९-२१ को हार ब्यहोर्दै पहिलो चरणबाटै बाहिरिए ।

मिक्स्ड डबल्सको अन्तिम ३२ मा जीवन आचार्य र निता लम्सालको जोडी सिंगापुरका जेसिका टाङ र टेरी हिको जोडीसँग ४-२१, ३-२१ ले निराश भएकाे थियाे  ।

यसैगरी पुरुष डबल्समा प्रिन्स र सुनीलको जोडी थाइल्यान्डका पिरताछाइ सुखफुन र पक्कापोन तेरारत्सकुलको जोडीसँग ८-२१, ५-२१ ले स्तब्ध बन्दा अन्तिम-३२ सिमित बन्याे । 

भारतसँग ३-० को साझो सेटमा पराजित हुँदा नेपाली पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलबाटै बाहिरिएकाे थियाे  । खेलमा प्रिन्स दाहाल लक्ष्य सेनसँग २-० को सोझो सेटमै पराजित भए । प्रिन्सले खेल ५-२१, ८-२१ ले गुमाएका थिए ।

श्रीकान्त किदाम्बीसँगको खेलमा पनि सुनील जोशीको प्रर्दशन निरासाजनक रह्यो । उनी ४-२१ , १३-२१ ले स्तब्ध बनेका थिए ।  तेस्रो तथा अन्तिम खेलमा विष्णु कटुवाल २-२१, ७-२१ ले पराजित भए । नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

महिला टिम इभेन्टमा माल्दिभ्ससँग ३-१ ले निरास बनेपछि नेपालको यात्र अन्तिम-१६ मै सिमित बन्यो । रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २-१ तथा नङ्शला तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २-० ले पराजित भए । रशिलाले २२-२४, २१-१९, १-१९ तथा नङ्शलाले १६-२१ , १०-२१ को हार व्यहोरेका हुन् ।

अनु माया राईले अइसाथ अफ्नान असिदलाई २१-९,२१-११ ले पराजित गरेपछि नेपालले खेलमा फर्किने संकेत गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग १३-२१, १९-२१ ले पराजित भएपछि नेपाल निरास बनेकाे थियाे । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||