एपेक्स कप क्रिकेट

एपेक्स कप क्रिकेटः लिभरपुलको सहज जित

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा मंगलबार लिभरपुल कलेजले इस्लिङटन कलेजविरुद्ध ६ विकेटको जित निकालेको छ ।

जितसँगै २ खेलमा २ अंक जोडेको लिभरपुल समूह ‘बी’ दोस्रो स्थानमा छ । दुवै खेलमा पराजय व्यहोरेको इस्लिङटन पुछारमा छ ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) मा इस्लिङटनले प्रस्तुत गरेको ४६ रनको लक्ष्य लिभरपुलले १२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लिभरपुलका लागि अभिषेक यादवले अविजित १४ र प्रज्ज्वल खत्रीले १४ रन बनाए ।

इस्लिङटनका लागि शुयस ढकालले २ र मिनाल तिमिल्सिनाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इस्लिङटनले ११ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो । इस्लिङटन कलेजका लागि खालिद हसन अन्सारी र सुभम शाहले समान रन १० रन बनाए ।

लिभरपुलका विशाल केसीले ४ ओभरमा २० रन खर्चिदै ५, चुन्चुनबाबु यादवले २ र जयराम यादवले १ विकेट लिए ।

मंलबार नै सम्पन्न अर्को खेलमा आयोजक एपेक्स कलेजले काठमाडौं विश्वविद्यालयलाई ७ विकेटले हरायो