टस जितेर ललितपुर ब्याटिङमा

काठमाडौं, (खेलाडी)-  ललितपुर पेट्रियटस्ले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

चार खेलमा मात्र तीन अंक जोडेको ललितपुरलाई शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राख्न चितवनमाथि जितको विकल्प छैन ।

यता तीन खेलमा शतप्रतिशत जितपछि ६ अंकका साथ शीर्ष स्थानमा बसेको चितवन ललितपुरमाथि जितका साथ प्लेअफको टिकट पक्का गर्न चाहन्छ ।