आइपिएल

लखनउले पन्जाबलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु पन्जाब किंग्सलाई ५६ रनले पराजित गरेको छ ।

यस जितसँगै ८ खेलमा ५ जित र ३ हारको नतिजासहित लखनउ १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको पन्जाब समान खेलबाट ४  जित र  ४  हारको नतिजासहित ८ अंक जोडेर छैटौं स्थानमा छ ।

मोहालीस्थित इन्दरजित सिंह बिन्द्रा क्रिकेट स्टेडियम लखनउले प्रस्तुत गरेको २ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा  २ सय १ रनमा समेटियो ।

पन्जाबका लागि अथर्व ताइडेले ३६ खेलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रन बनाए । यसैगरी सिकन्दर राजाले ३६,जितेश शर्माले २४, लियम लिविङ्स्टोनले २३ र साम करनले २१ रन बनाए ।

तेस्रो विकेटका लागि ताइडे र राजाले  ७८ रनको साझेदारी गरेका थिए ।

लखनउका लागि यश ठाकुरले ४, नवीन उन हकले ३, रवी बिश्नोइले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रनको योफल तयार पारेको थियो ।

लखनउका लागि मार्कुस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७२ रनको बनाए।  यसैगरी ओपनर कायल मायर्सले २४ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ५४, आयुष बदोनीले ४६, निकोलस पुरनले ४५, दिपक हुडाले अविजित ११ रन बनाए ।

मार्कुसले तेस्रो विकेटका लागि बोदोनीसँग ८९ तथा चौथो विकेटका लागि पुरनसँग ७६ रनको साझेदारी गरे ।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा अर्शदीप सिंह,लियम लिभिङ्स्टोन र साम करनले समान १ विकेट लिए ।