आइपिएल

बेङ्लोरले राजस्थानलाई हरायो

काठमाडौं । घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा  राजस्थान रोयल्सलाई ७ रनले पराजित गरेको छ ।

यससँगै ७ खेलमा ४ जित र ३ हारको नतिजासहित ८ अंक जोडेको बेङ्लोर पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको राजस्थान पनि  ७ खेलमा ४ जित र ३ हारको नजितासहित ८ अंकका साथ शीर्ष स्थानमा कायम छ ।

चिन्नवाश्वामी स्टेडियममा बेङ्लोरले प्रस्तुत गरेको एक सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनायो ।

राजस्थानका लागि देवदत्त पडिकलले ३४ बलमा ७ चौका र १ छक्काको मद्तमामा ५२ रन बनाए । यसैगरी यशस्वी जैसवालले ३७ बलमा ५ चौका र २ छक्को मद्दतमा ४७, धुव्र जुरेलले अजिजित ३४, कप्तान सञ्जु सामसनले २२ र रवीचन्द्रन आश्विनले १२ रन जोडे ।

दोस्रो विकेटका लागि पडिकल र जैशवालले ९८ रनको साझेदारी गरेका थिए ।

बेङ्लोरका लागि हर्षल पटेलले ३ तथा मोहम्मद सिराज र डेविड विलीले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको नम्तिो पाएको बेङ्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८९ रनको योगफल तयार पारेको थियो ।  

बेङ्लोरका  लागि ग्लेन म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्काको मद्लतमा सर्वाधिक ७७ रन बनाए । यसैगरी फाफ डुप्लेसिसले ३९ बलमा ८ चौका र २ छक्काको मदद्तमा मा ६२ र दिनेश कार्तिकले १६ रन जोडे ।

 म्याक्सवेल र डुप्लेसिसले तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २ तथा रवीचन्द्रन आश्विन र युजवेन्द्र चहलले समान १ विकेट लिए ।