चितवन शतप्रतिशत नतिजाको लक्ष्यमा

काठमाडौं, (खेलाडी) - एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज दुई खेलहरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर पेट्रियटस् प्रतिस्पर्धा गर्दैैछन् ।

पहिलो खेलमा चितवन टाइगर्स र दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई नतिजा सुम्पिएको विराटनगर प्रतियोगितामा पहिलो जितका साथ प्लेअफ सम्भावन कायम राख्नचाहन्छ । ललितपुरलाई नतिजा सुम्पिए विराटनगरको प्लेअफ प्रवेश सम्भावना कमजोर बन्नेछ ।

यता ललितपुरलाई पनि प्लेअफ प्रवेश सम्भावना बलियो पार्नका लागि विराटनगरविरुद्ध जितको विकल्प छैन । ललितपुरले पहिलो खेलमा काठमाडौ किंग्स इलेभन र दोस्रो खेलमा पोखरा राइनाेजलाई नतिजा सुम्पिएको थियो ।

मधुरो प्रकाशका कारण सुपर ओभर सम्भव नभएपछि भैरहवाविरुद्ध बराबरी खेल्दै ललितपुरले बिहिबार प्रतियोगितामा अंक खाता खोलेको थियो । 

शुक्रबार हुने दोस्रो खेलमा पोखरा र चितवन भिड्दैछन् ।

चितवनले लगातार दुई जितका साथ प्लेअफ सम्भावना बलियो पारेको छ । त्यसैले चितवन जित याात्राको निरन्तरता चाहन्छ ।

यता पहिलो खेलमा वर्षाले खेल रोकिएपछि  भैरहवासँग अंक बाँडेको पोखराले दोस्रो खेलमा ललितपुर हराएको थियो ।

पोखरा पनि जित साथ प्लेअफ प्रवेश सम्भावा बलियो पार्न चाहन्छ ।