आजबाट सेमिफाइनलका खेल हुँदै 

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा आजबाट सेमिफाइनलका खेल हुँदैछ ।

शुक्रबार त्रिपुुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने महिलातर्फको पहिलो सेमिफाइनलमा साबिक विजेता एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र न्यु डायमण्डले खेल्नेछन् ।

त्यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनलमा हेल्प नेपाल र पुलिस तथा दोस्रो सेमिफाइनलमा आर्मी र एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।