एकदिवसीय अन्तर्राष्ट्रिय शृंखाला

श्रीलंकाले विश्वकप छनोट खेल्ने

काठमाडाैं । घरेलु टोली न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखाला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा विकेटले पराजित भएसँगै श्रीलंकाले आइसिसी विश्वकप छनोट खेल्नु पर्ने भएको छ ।

यो पराजयसँगै सुपर श्रीलंकाले सुपर लिगको शीर्ष आठमा रहँदै सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो । श्रीलंका हाल लिगको नवौं स्थानमा छ ।

ह्यामिल्टनस्थित सेडन पार्कमा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको एक सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३२.५ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

न्युजिल्यान्डका लागि विल योङ्गले एक सय १३ बलमा ११ चौकाको मद्दतमा अविजित ८६ रन जोडे । यसैगरी  हेनरी निकोलस ४४ रनमा अविजित रहे ।

पाँचौं विकेटका लागि योङ्ग र निकोलसले अविजित एक सय रनको साझेदारी गरेका थिए ।

श्रीलंकका लागि लाहिरु कुमाराले दुई तथा कप्तान दासुन शनाका र कासुन रजिथाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकका लाथि पाथुम निसन्काले ६४ बलमा आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए । यसैगरी दासुन शनाकाले ३१, चमिका करुणारत्नेले २४ र धनन्नजय डि सिल्भाले १३ रन जोडे ।

न्युजील्यान्डका लागि हेनरी सिफ्ले, म्याट हेनरी र ड्यारिल मिचेलले समान तीन विकेट लिए ।

यस नतिजासँगै न्युजिल्यान्डले शृंखला २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा न्युजिल्यान्ड एक सय ९८ रनले पराजित हुँदा दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

जिम्बावेमा हुने विश्वकप छनोटमा श्रीलंकाअघि, नेपाल, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले खेल्ने पक्का भइसकेको थियो।

अब छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी चार टोलीको टुंगो लाग्न बाँकी छ । जसमा छनोटको प्लेअफ तथा सुपर लिगबाट समान दुई टोली हुनेछन् ।  

अहिले नामिबियामा जारी प्ले अफमा अमेरिका, युएई, पपुवा न्युगिनी (पिएनज), नामिबिया, क्यानाडा प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी सुपर लिगबाट वेस्ट इन्डिज, दक्षिण अफ्रिका र आयरल्यान्डमध्ये दुई टोली विश्वकप छनोटमा झर्नेछन् ।