आइसिसी लिग टु

एकदिवसीय अन्तर्राष्ट्रियमा गुल्सनको पहिलो अर्धशतक

फाइल तस्बिर

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालका गुल्सन झाले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा तीन सय ११ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि गुल्सनले ४७  बलमा चार चौका दुई मद्दतमा अर्धशतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा गुल्सनको पहिलो यो दोस्रो अर्धशतक हो ।

जारी खेलमा नेपालको यो चौथो अर्धशतक हो । यसअघि कुशल भुर्तेल, भिम सार्की र आरिफ शेखले अर्धशतक प्रहार गरेका थिए ।