ट्वान्टी-२० अन्तर्राष्ट्रिय

बंगलादेशले इङ्ल्यान्डलाई हरायो

काठमाडौं ।  घरेलु टोली बंगलादेश इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा  ६ विकेटले विजयी भएकको  छ ।

यो जितसँगै बंगलादेशले तीन खेलको शृंखलामा मा १-० को अग्रता लिएको छ।

चाटेग्रामस्थित जाहुर अमहद चौधरी स्टेडियममा इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय ५७ रनको  लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

बंगलादेशका नाज्मुल हसन सान्टोले ३० बलमा आठ  चौकाको मद्दतमा सर्वाधिक ५१ रन जोडे । यसैगरी सकिब अल हसनले ३४, लिटन दासले १२ र रोनी तलुकदारले २१ रन बनाए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, आदिल राशिद, मार्क उड र मोइन अलीले समान एक विकेट लिए ।

त्यसहघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रनको योगफल तयार पारेको थियो । 

इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले ४२ बलमा समान चार चौका रछक्काको मद्दतमा सर्वाधिक ६७ रनको योगदान  गरे ।  फिलिप साल्टले  ३८ र बेन डुकेटले २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो विकेटका लागि बट्लर र साल्टले ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यक्रम चल्न नसक्दा इङ्ल्यान्ड विशाल योगफल बनाउन चुक्यो । 

बंगलादेशका लागि हसन मोहम्मदले दुई तथा नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान र सकिब अल हसनले समान एक विकेट लिए ।

शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।