आइसिसी विश्वकप क्रिकेट लिग टु

नामिबिया र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा आज स्कटल्यान्डको सामना गर्दा नामिबिया जितको खोजीमा हुनेछ । 

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायको क्रिकेट मैदानमा नामिबियाले घरेलु टोली नेपाललाई नतिजा सुम्पिएको थियो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको अर्धशतकमा नामिबियाले प्रस्तुत गरेको दुई सय ८७ रनको लक्ष्य नेपालले आठ विकेट गुमाउँदै पूरा गरेको थियो । 

स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो,३१ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।

पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ भने छैटौं स्थानको नेपालको २५ खेलमा २० अंक छ । सातौं स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।