फिफ्टिन्स ‘ए’ साइड राष्ट्रिय क्लब रग्बी लिग

दोस्रो जितको खोजीमा आर्मी

काठमाडौं । फिफ्टिन्स ‘ए’ साइड राष्ट्रिय क्लब रग्बी लिगको तेस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज त्रिभुवन आर्मी क्लबले हिमालयन रग्बी क्लबको सामना गर्दैछ  ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न आफ्नो पहिलो खेलमा आकाश भैरव क्लबमाथि ७२–० को फराकिलो जित निकालेको आर्मी लगातार दोस्रो जितको खोजीमा छ । 

आइतबार नै सम्पन्न उद्घाटन खेलमा साबिक विजेता गोर्खाली रग्बी क्लबले हिमालयन रग्बी क्लबलाई ६७–१७ ले पराजित गरेको थियो । आजै हुने अर्को खेलमा गोर्खाली रग्बी क्लबले आकाश भैरवको सामना गर्नेछन् ।

आगामी शनिबारसम्म संचालन हुने प्रतियोगितामा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी रग्बी क्लब गरी चार टोलीको सहभागिता छ ।

सिंगल राउन्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली  च्याम्पियन बन्ने छ ।

प्रतियोगिको पहिलो संस्करणमा त्रिभुवन आर्मी तथा दोस्रो संस्करणमा गोर्खाली रग्बी क्लब च्याम्पियन बनेका थिए ।