नवौं राष्ट्रिय खेलकुद

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुआत

म्याग्दी । घरेलु टोली गण्डकी प्रदेशले बिहीबार नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलमा विजयी सुरुआत गर्ने क्रममा सुदूरपश्चिम प्रदेशमाथि सहज जित हासिल गरेको छ ।

म्याग्दीको बेनीमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको गण्डकीले २५-१८, २५-०८, २५–-२२ को सोझो सेटमा जित निकाल्यो ।

महिला भलिबलमा सात प्रदेश तथा तीन विभागिय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरि कुल १० टोलीको सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार समुह एकको शसस्त्र प्रहरी र कर्णाली प्रदेश, समुह दुईको बाग्मती र प्रदेश एक तथा समूह तीनको नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।