नेपाल भलिबल संघ

भलिबल संघले असारमा जिल्ला र प्रदेशको निर्वाचन गर्ने

पोखरा । नेपाल भलिबल संघको केन्द्रिय कार्यसमितिको सातौ पुर्ण बैठकले असार १० गते सम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार पोखरामा बसेको बैठकले सात प्रदेशको लागी निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बाग्मती प्रदेशमा कुमार राज सुबेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऎन बहादुर शाही र सुदुर पश्चिमको संयोजकमा हरक सिंह धामीलाई छनोट गरिएको छ ।

भलिबल संघले असार १५ सम्म जिल्ला र प्रदेश बाट छनोट भएका प्रतिनिधिको नामावली राखेपलाई बुझाउने छ । यसैगरी बैठकले खेलकुद ऎन २०७७ र संघको बिधानलाई टेकेर निर्वाचन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ । शनिबार पोखरामा बसेको बैठकले निर्वाचन मिति भने तोक्न सकेन । नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दका अनुसार अर्को बैठकले निर्वाचन मिति बारेमा टुंगो लगाउने छ ।

शनिबारको बैठकले पुर्ब  अध्यक्ष गगा बहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको बिधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन । बैठकले महासचिव र कोषाध्यक्षको प्रतिबेदनलाई सुझाव सहित केन्द्रिय अधिबेशनमा लग्ने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवाद बारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । जसको सदस्यमा मनवीर छन्त्याल, जुनु पुन, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी रहेका छन ।