हिमालयन युवा क्लब सि डिभिजन छनोटको दोसो चरणमा 

काठमाडौं, (खेलाडी)– धनगढीको हिमालयन युवा क्लब सि डिभिजन छनोटको दोसो चरणमा प्रवेश गरेको छ । 

शनिबार भएको समूह पी अन्तर्गको अन्तिम खेलमा काठमाडौको मनमैजु फुटबल क्लबसँग्ग २–२ को बराबरी खेल्दै हिमालयन युवा क्लब समूह विजेताका रुपमा सि डिभिजन छनोटको दोसो चरणमा प्रवेश गरेको हो ।

हिमालयनले दुई खेलमा एक जित र एक बराबरीपछि चार अंक जोड्दै शीर्ष स्थानमा बस्न सफल भयो । समान खेलमा तीन अंक बटुलेको मनमैजु दोस्रो स्थानमा रह्यो । दुई खेल गुमाएको भरतपुर अंकबिहिन बन्यो ।

यसअघि बिहिबार भएको पहिलो खेलमा हिमालयन क्लबले भरतपुर फुटबल क्लबलाई २–१ ले पराजित गर्दै छनोट सम्भावना बलियो पारेको थियो ।