मिल्स गोल्डकप

एपिएफ सेमिफाइनलमा

विराटनगर। मिल्स गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा एपिएफ पकली, सुनसरी सेमिफाइनल पुगेको छ।

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा एपिएफले नगर खेलकुद विकास समिति बर्दिबासलाई ४-१ ले हरायो ।

एपिएफलाई जित दिलाउन हरि कार्कीले दुई  तथा दिसन राई र धनबहादुर श्रेष्ठले समान एक गोल गरे। बर्दिबासका पवन पाख्रिनले सान्त्वना गोल फर्काए।

एपिएफलेसेमिफाइनलम टिडबलुवाइसी विराटनगर र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको विजेता टिमसँग खेल्नेछ।

खेलको ११औँ मिनेटमा हरिको गोलमार्फत एपिएफले अग्रता लियो । कप्तान उज्ज्वल चाम्लिङले निकालेको पासलाई हरिले गोलमा परिणत गरे।

एक मिनेटपछि नै दिसनले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो गोलका लागि पनि उज्ज्वले अवसर सिर्जना गरे ।

हरिले २२औँ मिनेटमा हरि  ब्यक्गित दोस्रो गोल गर्दा एपिएफ ३-० ले अघि बढ्यो । हरिले भरच कपालीको पासलाई सदुपयोग गरे ।

पवनले ५५औं मिनेटमा बर्दिबासका  सान्त्वना गोल फर्काए। इन्जुरी समयमा धनबहादुरले गोल गर्दै एपिएपलाई ४-१ को सहज जित दिलाए ।

प्रतियोगिताको शनिबारको खेल पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरान सुनसरीबीच हुनेछ। प्रतियोगितामा प्रदेशस्तरीय ‘ए’ डिभिजनका ८ टिमको सहभागी रहेको अध्यक्ष विष्णु डंगोलले जानकारी दिए।

प्रतियोगिताको फाइनल बैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार एक सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने छन् ।