इन्डियन वेल्स टेनिस

सेमिफाइनलमा अल्कारेज र सिनर भिड्ने

काठमाडौं । इन्डियन वेल्स टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको सेमिफाइनलमा विश्व नम्बर दुई कोर्लोस अल्कार रेज र विश्व नम्बर तीन जानिक सिनर भिड्ने भएका छन् ।

स्पेनिस स्टार अल्कारेजले छैटौं वरियताका जर्मन खेलाडी अलेक्सजेन्डर जेभरेभ तथा इटालीका सिनिरले ३२औं वरियताका चेक रिपब्लिकन खेलाडी जिरी लेहेकालाई समान २-० को सोझो सेटमा पराजित गरे ।

अल्कारेजले खेल ६-३ ६-१ ले आफ्नो पक्षमा पारे । सिनिरले ६-३, ६-३ को जित निकाले ।

यसैगरी अर्को सेमिफाइनलमा चौथो वरियताका रसियन स्टार ड्यानिल मेदभेदेवले १७औं वरियताका अमेरिकन खेलाडी टमी पउलको सामना गर्नेछन् ।

 मेदभेदेवले सातौं वरियताका डेनिस स्टार होल्गर रुनलाई ७-५, ६-४ ले पराजित गरे । पउलले नवौं वरियताका  डेनिस खेलाडी कास्पर रुडलाई ६-२, १-६, ६-३ ले निरास बनाए ।