भाद्र २३, २०८१ आइतबार | ०५:०५:४६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

पेरिस ओलम्पिकको उद्घाटन आज हुँदै

काठमाडौं । विशेष सामारोहकाबीच फ्रान्सको पेरिसमा शुक्रबार ३३औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँदैछ । आधुनिक ओलम्पिकको १२९ वर्षको ओलम्पिक इतिहासमा पहिलो पटक उद्घाटन समारोह रंगशाला भित्र नभई बाहिर आयोजना गरिने भएको छ । समारोह पेरिसको सेइन नदीबाट सुरु हुनेछ।

२०६ देशका १० हजार ५०० खेलाडीले सेन नदीमा डुंगामा ६ किमी लामो परेड गर्नेछन् । उद्घाटन समारोह ३ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको छ ।

यसपटकको ओलम्पिकमा नेपाबाट सात खेलाडीले सहभागिता जनाएका छन् । उद्घाटनको परेडमा नेपालको झण्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नेछन् ।

 

फाइल तस्विरः ओलम्पिकको परेडमा नेपालको भण्डा बोक्ने स्यान्टु र मनिता

उद्घाटन समारोह कहाँ हुनेछ ?

उद्घाटन समारोह नेपाली समय अनुसार राति ११ः१५ बजे सुरु हुनेछ । इतिहासमा पहिलो पटक रंगशालाबाट खोला र सडकमा परेड अफ नेशन्स र कार्यक्रम हुने भएको छ । सेन नदीबाट सुरु भएर ६ किलोमिटर लामो परेड ट्रोकाडेरो गार्डेनसम्म पुग्नेछ। जसमा १० हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

समारोहमा १२० भन्दा बढी देशका नेता र प्रशासनिक अधिकारीहरू पनि सहभागी हुनेछन्। परेड सकिएपछि केही समय फ्रान्सेली संस्कृति झल्कने नृत्य तथा गायन कार्यक्रम हुनेछ । समारोह करिब २ घण्टा चल्नेछ । फ्रान्सले सन् २०२४ को ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ ।

समारोहमा के फरक छ?

परेडः सबै खेलाडीहरू करिब ९४ डुङ्गामा समारोहको हिस्सा हुनेछन्। डुङ्गाहरू क्यामेराले सुसज्जित छन्, जसको माध्यमबाट राष्ट्रहरूको परेडमा हरेक देशका खेलाडीहरूलाई टिभी र अनलाइनमा देख्न सकिन्छ। परेडमा, एथलीटहरू सेइन नदीमा डुङ्गाहरूमा सहर हुँदै यात्रा गर्नेछन् र ट्रोकाडेरो गार्डनमा पुग्नेछन्। उदटन समारोहका मुख्य कार्यक्रम यहाँ हुनेछ।

ओलम्पिकको उद्घाटन हुने सेन नदी

नदी प्रदूषित छैन भनेर देखाउन मेयरले पौडी खेलेः पेरिसका मेयर एनी हिडाल्गो नदीको शुद्धता देखाउन सेइन नदीमा हाम फाले। उनले साथीहरुसँग पौडी खेलेर नदीमा समारोह र खेलकुद गर्न कुनै समस्या नहुने बताए । सेइन नदीमा पानी खेलकुद कार्यक्रमहरू पनि हुने छन्।

पहिलो पटक ओलम्पिक उद्घाटन समारोह कहिले भएको थियो ?

१८९६ को पहिलो संस्करणदेखि नै ओलम्पिकमा उद्घाटन समारोह समावेश गरिएको थियो । जसमा खेलाडीले खेलकुद देखाउने सपथ लिएका थिए । 
यो ६० हजार दर्शकहरूको क्षमताको रंगशालमा भएको थियो । त्यसयता यो समारोह रंगशालामा मात्रै हुँदै आएको थियो । 

ओलम्पिक समितिले १९०४ मा उद्घाटन समारोहलाई अनुमोदन गर्यो। त्यसपछि समारोहमा परेड अफ नेसन्स, ओलम्पिक सपथ, ओलम्पिक टर्च, सांस्कृतिक प्रदर्शन र आयोजक राष्ट्रको संस्कृति देखाउने निर्णय भएको थियो ।

पहिलो पटक १९०८ लन्डन ओलम्पिकमा परेड भएको थियो । खेल सुरु हुनुअघि सबै देश र खेलाडी टोलीको पोशाकमा एक ठाउँमा आउनु पर्ने उद्देश्य थियो । यसमा सबै देशका नेताहरुको हातमा आफ्नो देशको झण्डा हुन्छ ।

ओलम्पिक उद्घाटन समारोहका केही रोचक तथ्य

१९०४ सेन्ट लुइसः ओलम्पिक शपथ र झण्डाको परिचय । कार्यक्रममा पहिलो पटक टर्च प्रज्वलन गरी खेल सुरु भएको घोषणा गरिएको थियो ।

१९६० रोमः समारोह पहिलो पटक टिभीमा प्रसारण गरिएको थियो ।

१९८० मस्कोः पहिलो पटक लेजर शो भयो, जसमा धेरै ठूलो ओलम्पिक झण्डा पनि लिइयो ।

सिड्नी ओलम्पिकको उद्घाटन

२००० सिड्नीः समारोहमा एकता झण्डा देखाइएको थियो । उत्तर र दक्षिण कोरियाका टोलीले ‘एकता झण्डा’ बोकेर २००० ओलम्पिकको उद्घाटन समारोहमा भाग लिएका थिए ।

२००८ बेइजिङः १ अरब भन्दा बढी मानिसहरूले टिभीमा उद्घाटन समारोह प्रत्यक्ष हेरेका थिए।  कार्यक्रममा १० हजारभन्दा बढी कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । यो इतिहासकै सबैभन्दा महँगो उद्घाटन समारोह भएको दाबी गरिएको छ । तर, यसको खर्च भने सार्वजनिक गरिएको छैन ।

२०१२ लन्डनः समारोहमा पहिलो पटक डिजिटल प्रविधि र सामाजिक सञ्जालको विषयवस्तु राखिएको थियो ।

२०२० टोकियोः उद्घाटन सामारोह स्थगित गरिएको थियो । कोरोना भाइरसका कारण टोकियो ओलम्पिक २०२० को सट्टा २०२१ मा  भएकाले त्यसको समारोहमा दर्शकको संख्या निकै घटाउनु परेको थियो । कतिपय खेल दर्शकविना पनि खेलिएका थिए । २०२१ भए पनि यसलाई टोकियो ओलम्पिक २०२० कै रूपमा चिनिने छ । 
 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024