टेबल टेनिस

चौथो मेयर कप अन्तर वडा टेबल टेनिस पुसको अन्तिम साता

काठमाडौं । चौंथो मेयर कप अन्तर वडा नगद पुरस्कार टेबल टेनिस प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ ।

ललितपुर महानगरपालिकाको वडा नं.१२ युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ देखि ३० गतेसम्म सञ्चालन हुने जनाएको हो ।

मंगलबजारस्थित कोट पाटीमा हुने प्रतियोगितामा ललितपुर महानगपालिकाका २९ वडा भित्रका खेलाडीहरुले खेल्न पाउने छन् ।

प्रतियोगितामा पाँच सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १३  विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए),मेन्स टिम इभेन्ट्स (प्लस ४०),मेन्स सिंगल (ए),मेन्स डबल, मेन्स सिंगल (बी),वुमन्स सिंगल,ब्वाइज जुनियर सिंगल (यू–१६), गर्ल्स जुनियर (यू–१६),भेट्रान्स सिंगल्स (प्लस ४०),भेट्रान्स सिंगल्स (प्लस५०),भेट्रान्स सिंगल्स (प्लस६०),महिला भेट्रान्स सिंगल्स (प्लस४०),युवा क्लब हक्का सिंगल्स विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको कुल लागत १६ लाख ५० हजार अनुमान गरिएमा वडा नं.१२ बाट पाँच तथा ललितपुर महानगरपालिकाबाट तीन लाख प्रायोजन भएको आयोजकले जनाएको छ ।


आयोजकले प्रतियोगितामा प्रथम, द्धितिय र सेमिफाइनमा पुग्ने दुवै टोलीलाई पुरस्कारको ब्यवस्था गरिएको बताए पनि रमक भने खुलाएको छैन ।