माघ १४, २०८२ बुधबार | ०६:३६:५९
१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो
शनिबारको दिन चर्च ब्वाइज युनाइटेड क्लब

चर्च ब्वाइजको आक्रामक उदय, फुटबल कि धर्म प्रचार ?

काठमाडौं । ‘चर्च’ नाम नै क्रिस्चियन धर्म प्रवर्धक । हिन्दुको मन्दिर, इस्लामको मस्जिद, बौद्धको गुम्बा भनेजस्तै हो क्रिस्चियन (इसाई) का लागि चर्च । प्रार्थना गर्ने, धर्मको प्रवद्र्धन गर्ने काम चर्चमा हुन्छ । अझ समग्रमा भन्ने हो भने क्रिस्चियानिटीको रक्षा र प्रवद्र्धन चर्चबाटै हुन्छ ।

यही कारण पछिल्लो समय नेपाली फुटबलमा निकै आक्रामक रुपमा प्रस्तुत भएको चर्च ब्वाइज क्लबको आगमनलाई विभिन्न कोणबाट विश्लेषण गरिन थालेको छ । सन् २००० को दशकको पूर्वाद्र्धमा क्रिस्टियन स्पोर्ट्स फेलोसिपको नाममा क्रिस्चियन धर्म प्रचारमा व्यस्त अभियानजस्तै गरी नेपाली फुटबलमा चर्च ब्वाइजको आगमनलाई पनि बयान गर्ने जमात बढ्दै गएको छ ।

प्रत्यक्ष रुपमा क्रिस्चियन धर्मसँग जोडिने नाम लिएर चर्च ब्वाइज युनाइेटड फुटबल क्लबले नेपाली फुटबलको सबैभन्दा माथिल्लो श्रेणी शहिद स्मारक ‘ए’ डिभिजन लिगको हैसियत हासिल गरिसकेको छ । टोलीले शीर्ष डिभिजनको लिग यो वर्ष पहिलो पटक खेल्दै छ ।

शीर्ष डिभिजनको पहिलो सिजनका लागि नै राष्ट्रिय टोलीका स्टार खेलाडीहरु भेला पारेर टोलीले उपाधिलाई नै लक्ष्य बनाएको छ । यही कारण पनि नवप्रवेशी टोलीको चर्चामा चर्च र क्रिस्चियन धर्म प्रवद्र्धनको शंका लिएर चर्चा-परिचर्चा हुन थालेका छन् ।

अखिल नेपाल फुटबल संघका एक वरिष्ठ पदाधिकारी भन्छन्, ‘यसरी सोझै क्रिस्चियन धर्म प्रचार गर्ने गरी फुटबलमा क्लब दर्ता नै नहुनुपर्ने हो । कसरी भयो भन्ने सामान्य जानकारी पनि हामी पदाधिकारीलाई छैन । फुटबलमा यस्तो धार्मिक अभियान गर्नै पाइन्न ।’

तिनै पदाधिकारीले भने अनुसार फुटबललाई माध्यम बनाएर कुनै पनि जात, धर्म, वर्ण, लिंग वा समुदायको पक्ष वा विपक्षमा कुनै अभियान चलाउन पाइन्न ।

तर चर्च ब्वाइजका अध्यक्ष टंकलाल राई क्लबको उद्देश्य नितान्त फुटबलसँग मात्र सम्बन्धित रहेको बताउँछन् । भन्छन्, ‘यो क्लबको धर्मसँग कुनै सम्बन्ध छैन । हामीले नितान्त रुपमा फुटबलमा काम गर्नका लागि भनेर क्लब स्थापना गरेका हौं । नेपालको कानुनअनुसार राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरेका छौं । फिफा, एएफसी र एन्फाको नियमअनुसार एन्फामा दर्ता भएको हो । फुटबलको स्पिरिटभन्दा बाहिर हामी छैनौं । फुटबल व्यावसायिक हुनुपर्छ भन्ने मात्र हाम्रो उद्देश्य हो । हाम्रो यो उद्देश्यलाई अन्यथा नबुझिदिन अनुरोध गर्न चाहन्छु ।’क्लब अध्यक्ष राईले हिन्दु धर्मसँग नाम जोडिने संकटा, सरस्वती, महावीर, श्री भगवती, श्री कुमारीलगायतका क्लबहरुले निरन्तर लिग खेलिरहेको बताउँदै आफ्नो नाममा मात्र विवाद झिकिएकोमा दुखेसो गरे ।

तर, एन्फाका केही पदाधिकारीहरु भने ती क्लबहरुको नाम र चर्च ब्वाइजमा फरक रहेको तर्क गर्छन् । ‘चर्च भनेको सोझै क्रिस्चियन धर्मको प्रचार र प्रवद्र्धन गर्ने थलो हो । तर महावीर, संकटा, भगवती र कुमारी जस्ता नामहरु नेपाली समाजमा व्यक्तिको नामका रुपमा स्थापित भइसकेका छन् । कतिपय ठाउँको नाम छन् । यी नामहरुले नेपालीमा धर्मबाहेकको अर्थ बोकेका छन् । तर, चर्चले भने क्रिस्चियन धर्मबाहेकको अर्थ बोक्दैन,’ एन्फाका एक वरिष्ठ पदाधिकारीको दाबी छ ।

क्लबको नामको विषय प्राविधिक भयो । फुटबलबाहेक क्लबले गर्ने अन्य गतिविधि पनि सम्बन्धित निकायले निगरानी गर्ने विषय हो । यहाँ चर्चा गर्न खोजिएको विषय चर्च ब्वाइजको फुटबल महत्त्वाकांक्षा मात्र हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुस २६ बाट सुरु हुने भनिएको शीर्ष डिभिजनको लिग फागुन १९ का लागि सारिसकेको छ । नेपाली फुटबलको विगत हेर्ने हो भने सुरु नभएसम्म यसपालि पनि लिग हुनेमा ढुक्क हुन सकिन्न । अनि महिला लिगको अवस्था हेर्दा त सुरु भए पनि सम्पन्न नभएसम्म बिचमै अलपत्र पर्ने हो कि ! भन्ने त्रास पनि कायम रहिरहन्छ ।

यही कारण चर्च ब्वाइजको पहिलो सिजन कहिले सुरु हुने र कसरी सम्पन्न हुने अनुमान गर्न गाह्रो छ । तर, टोलीले पहिलो सिजनको तयारीमा गरेका केही सम्झौताहरु भने सनसनीपूर्ण छन् । अहिले निकै उच्च फर्ममा रहेका राष्ट्रिय टोलीका मुख्य स्ट्राइकर अञ्जन विष्टलाई चर्च ब्वाइजले आफ्नो बनाइसकेको छ । गत वर्ष ‘बी’ डिभिजनमा च्याम्पियन भएर शीर्ष डिभिजनमा उक्लिँदा उल्लेख्य योगदान गरेका आशिष चौधरी र आशिष चापागाईंको जोडीलाई पनि टोलीले उम्किन दिएको छैन । आशिष चौधरीले त शीर्ष डिभिजनको अनुभव नै नबटुलिकन गत असोजमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका छन् ।

पोखरा अहिले नेपाली फुटबलकै सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहारारा पोखरा गोल्डकपमा रमिरहेको छ । चर्च ब्वाइजले पनि शीर्ष डिभिजन आगमनपछिको पहिलो ठूलो प्रतियोगिताको मज्जा लियो । उपाधि लक्ष्य बनाएर पोखरा भ्रमणमा निस्किएको टोली सेमिफाइनलमा अमेरिकी टोलीसँग हार भोगेपछि निराश बन्नुपर्यो । तर पहिलो सहभागितामै बलिया टोलीविरुद्ध उत्कृष्ट फुटबल पस्किएर चर्च ब्वाइजले शीर्ष डिभिजनमा आफ्नो दमदार उपस्थितीको सुचना दियो ।

आहारारा पोखरा गोल्डकपका लागि टोलीले अञ्जनसँगै राष्ट्रिय टोलीका अनन्त तामाङ, दिनेश राजवंशी, तेज तामाङ र एरिक विष्टलाई अनुबन्ध गरेको छ । औपचारिक रुपमा यी खेलाडीको स्थायी अनुबन्धन नभए पनि उनीहरुले आगामी लिग चर्च ब्वाइजबाटै खेल्ने पक्काजस्तै रहेको क्लबका पदाधिकारीहरु बताउँछन् ।

‘त्यतिमात्र होइन, हामी नेपाली फुटबलमा प्रभाव जमाएका थप स्टार खेलाडी अनुबन्ध गर्ने योजनामा छौं । हामीले सुरुदेखि नै आफूलाई फरक रुपमा प्रस्तुत गर्ने रणनीति बनाएका छौं । बजारमा चर्चा भएजस्तो हामी आक्रामक भएका होइनौं, फरक तरिकाले जान खोजेका मात्र हौं,’ सामान्यतः शीर्ष डिभिजनको पहिलो सिजनमा क्लबहरुले हैसिजत जोगाउनेसम्म मात्र रणनीति बनाउने गरेको अवस्थामा चर्च ब्वाइजका अध्यक्ष राई भन्छन् ।

आहारारा पोखरा गोल्डकपमा सनसनीपूर्ण नतिजा आत्मसात गरेर चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगका अरु प्रतिद्वन्द्वीलाई दरिलो चुनौती प्रस्तुत गरिसकेको छ । यसक्रममा टोलीले लगातार दुई पटकको लिग च्याम्पियन मछिन्द्र क्लबका साथै पूर्वविजेता नेपाल पुलिस क्लबलाई पनि हराएको छ ।

‘अहिले नै लिग च्याम्पियन बन्छौं भन्न सकिँदैन । लिगको अझै टुंगो भएको छैनजस्तो लाग्छ । त्यसैले पनि कुनै टोलीले पूर्ण रुपमा खेलाडी अनुबन्ध गरेका छैनन् । नेपाली खेलाडीले मात्रै लिग जित्न सम्भव छैन, प्रतिस्पर्धामा हामी पनि छौं । तर, शीर्ष ६ को लागि रहन्छौं,’ राईले लक्ष्य सुनाए ।

अञ्जन, तेज, दिनेश, एरिकसँगै चर्च ब्वाइजले विदेशबाट पनि स्तरीय खेलाडी झिकाउने तयारी गरेको छ । नेपालमा खेल्दै आएका विदेशीमध्येका उत्कृष्ट खेलाडीले मासिक तीन हजार डलरसम्म पारिश्रमिक लिँदै आएका छन् । चर्च ब्वाइजले भने हालसम्म नेपालबाट नखेलेका विदेशी खेलाडी ल्याउने सोच बनाएको छ । यसैगरी प्रशिक्षकसमेत विदेशबाटै झिकाउने तयारी थालेको छ ।

‘विदेशी खेलाडी र प्रशिक्षकको टुंगो लागेको छैन । लिग हुने पक्का नभएकाले समस्या छ । पक्का भएको खण्डमा हामी प्रशिक्षक र खेलाडी झिकाउने प्रक्रिया सुरु गरिहाल्छौं,’ राई भन्छन् ।  

चर्च ब्वाइज क्लब १३ वर्षअघि २०६६ सालमा सामाजिक कामका साथै फुटबल खेल्ने उद्देश्यसहित कोटेश्वर बालकुमारीमा स्थापना भएको थियो । स्थापनाको तीन वर्ष टोलीले मोफसलका प्रतियोगिता खेलेरै समय बितायो । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र हुने आन्तरिक विवादले मर्कामा चर्च ब्वाइज पनि पर्यो । घरेलु लिग नियमित हुन सकेन । ‘सी’ डिभिजन लिग छनोट समयमा नहुँदा ५/६ वर्ष त्यतै अड्किनुपर्यो।

२०७५ सालमा पहिलो पटक क्लब ‘सी’ डिभिजन लिग छनोट खेलेको टोली एक वर्षमै ‘बी’ डिभिजन लिगसम्म यात्रा गर्न सफल भयो । दुई वर्ष ‘बी’ डिभिजनमा प्रयास गरेपछि चर्च ब्वाइजले गत वर्ष ‘ए’ डिभिजनको हैसियत प्राप्त गर्यो । कोभिड-१९ महामारीका कारण फुटबल गतिविधि ठप्प हुँदा चर्च ब्वाइजले शीर्ष डिभिजनमा उक्लिन एक वर्ष थप प्रतीक्षा गर्नुपरेको थियो ।

‘बीच-बीचमा लिग नहुने समस्याले गर्दा ‘ए’ डिभिजनमा उक्लन हामीले केही वर्ष अनावश्यक प्रतीक्षा गर्नुपर्यो । नियमित लिग भएको भए हामीले पनि योभन्दा पहिल्यै ‘ए’ डिभिजनमा खेलिसक्थ्यौं ,’ राईले भने ।