ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिता

बुद्ध, युनिक र इनोभेटिभ च्याम्पियन

काठमाडौं । बुद्ध एकेडेमी, युनिक र इनोभेटिभ २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।

मंगलबार सम्पन्न सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७-४२ ले पराजित गरेको थियो । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे ।

जुनियर ब्वाइज फाइनलमा सजित रिमालको १६ अंक सहयोगमा युनिकले ग्रिनफिल्डलाई २७-१९ ले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा इनोभेटिभले ज्ञान निकेतनलाई २३-२२ ले पाखा लगायो । इनोभेटिभकी पूजा थापाले १७ स्कोर गरिन् । नरेन, सजित र पूजा सर्वोत्कृष्ट खेलाडी चुनिए । 

विजेतालाई ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका स्कुल संयोजक सञ्जयजित कुँवर, आर्थिक निर्देशक मिरा थापा र एकेडेमीक इन्चार्ज दिपेन्द्र गडतौलाले  पुरस्कृत गरे ।