भद्रकाली कप

भद्रकाली कपः आयोजक भद्रकाली विजयी

सांकेतिक तस्बिर

काठमाडौं, आयोजक भद्रकालीले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा भद्रकालीले सोमबार टिआइएलाई २१-१८ ले पराजित गरेको हो । भद्रकालीका प्रनिक राईले नौ स्कोर गरे ।

सिनियर ब्वाइजमै नेपाल मोडलले स्कोलर्स होमलाई २३-२२, भ्याली पब्लिकले एचएचसीएलाई ३९-२२ र नेसनल युनाइटेडले जुगललाई १२-१० ले हराए । नेपाल मोडलका सौरव चौधरीले ११, भ्याली पब्लिकका सुनिल पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान चार अंक जोडे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले दोहोरो जित हात निकाल्यो। भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २२-१६ तथा जुगललाई २२-१२ ले पाखा लगायोको हो ।  विजयी टोलीका लागि ग्रिनल्यान्डविरुद्ध अनिता गुरुङले सात तथा जुगलविरुद्ध लोरिशा गौचनले पाँच स्कोर योगदान गरे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई १९-९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२-८ ले पन्छाए । गोल्डेनपिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले आठ अंक बटुले ।