तेक्वान्दो च्याम्पियनसिप

अशोक कोरिया जाँदै

काठमाडौं । किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् ।

विश्व र्याङकिङ जी-२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् ।

प्रतियोगिताअगष्ट २ देखि ७ तारिखसम्म हुनेछ । उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

अशोकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का  सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।