राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता

राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता: फाइनल चरणका लागि २० खेलाडी छनोट

काठमाठौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट फाइलन चरणका लागि पुरुष तथा महिलामा समान १० खेलाडी छनोट भएको आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् । 

फाइनल प्रतिस्पर्धा शनिबार रविभवनस्थित नाथम कलेजमा हुनेछ ।

फ्रिस्टायल वेस्टस्ट रन स्पर्धा भइरहेको प्रतियोगिताको पुरुषतर्फ एक सय ५० तथा महिलामा ४० गरी एक सय ९० खेलाडी सहभागी छन् ।

पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।