काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगः नेपालको लगातार पाँचौं पराजय

काठमाडौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौं पराजय ब्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले किर्गिस्तानको ‘बी  टोलीसँग ३-२ सेटको हार व्यहोरेको हो ।

नेपालले पहिलो सेट २५-२३ जितेको नेपालले त्यसपछिका दुई सेट २७-२९ र २२-२५ ले गुमाएको थियो । २

चौंथो सेट नेपालले २५-११ ले  आफ्नो  पक्षमा पारेपछि  खेल पाँचौं सेटमा पुग्यो । पाँचौं तथा अन्तिम सेट नेपालले १४-१६ ले गुमायो ।  

यसअघि नेपालले मंगोलिया, आयोजक किर्गिस्तान र तुर्किमिनिस्तानसँग समान ३-१ तथा इरानसँग ३-० सेटमा पराजित भएको थियो ।

नेपालले अन्तिम खेलमा आइतबार उज्वेकिस्तानको सामान गर्नेछ । 

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।