रोनाल्डो अल नासरमा

रियाद । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको प्रो लिग क्लब अल नासरसँगको सम्झौता प्रक्रिया पूरा गरेका छन ।

रोनाल्डोले नोभेम्बरमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्ट युनाइटेडसँगको सम्झौता अन्त्य गरेका थिए । रोनाल्डोले एक टेभिभिजन अन्तरवार्तामा युनाइटेडका प्रशिक्षक इरिक टेन हाग र अन्य पदाधिकारीले आफ्नो ओल्ड ट्रापोर्ड बसाईमा सन्तुष्ट भएको र उनीहरुप्रति कुनै सम्मान नभएको प्रतिक्रिया दिएसँगै विवादमा तानिएका थिए । युनाइटेड र रोनाल्डोले आपसी सहमतीमै दुई पक्षबिचको सम्झौता रद्द भएको घोषणा गरेका थिए । 

युनाइटेडसँगको सम्झौता रद्द भएसँगै रोनाल्डो अल नासर जाने खबर सार्वजनिक भए पनि रोनाल्डोले सो खबर गलत भएको दाबी गर्दै आएका थिए ।

शुक्रबार भने रोनाल्डोले अल नासरसँगको सम्झौता प्रक्रिया पूरा गरेका हुन ।

रोनाल्डोले अल नासरसँग साढे दुई वर्षको सम्झौता गरेका हुन् । उनले प्रति सिजन ६२ मिलियन पाउन्ड प्राप्त गर्नेछन् ।

‘इतिहास रचिएको छ', अल नसारले ट्विट गरेको छ, ‘उनको आगमन क्लबका लागि ठूलो उपलब्धी हो र यसले अन्य खेलाडीको मनोबल बढाउनेमा हामी विश्वस्त छौ ।’

अल नासरको प्रशिक्षकमा रुडी गार्सिया रहेका छन ।