नेपाली फुटबल

आशिष डन बस्कोमा आबद्ध

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य आशिष राई भारतीय डन बस्को फुटबल एकेडेमीमा आबद्ध भएका छन् ।

केरेला प्रिमियर लिगमा सहभागी डन बस्कोले आशिषलाई आगामी सिजनका लागि अनुबन्ध गरिएको हो ।  सम्झौता रकम खेलाडी र क्लबले गोप्य राखेका छन् ।  

नेपाल यु २० टोलीबाट साफ च्याम्पियनसिप र एएफसी यु२० एसियन कप छनोट खेलेका आशिषले राष्ट्रिय टोलीबाट मोरिससविरुद्ध टोलीमा रहेका थिए ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आशिषलाई टोलीमा समावेश गरेपनि डेब्यु गर्न पाएनन् ।

यस अघि नेपालबाट अभिषेक लिम्बू र महिला टोलीबाट दीपा न्यौपानेले केरेला प्रिमियर लिग खेलेका थिए ।