आहा ! रारा गोल्डकप

आहा ! रारा गोल्डकप पुस १२ देखि

पोखरा । २२औं संस्करणको आहा ! रारा गोल्डकप पुस दोस्रो साताबाट हुने भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा हुने फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस १२ देखि २३ सम्मका लागि मिति उपलब्ध गराएको हो ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजन क्लब, विदेशी र  मोफसलका टिमहरु तथा आयोजक सहारा क्लब क्लब गरि कुल १२ टोलीको सहभागिता रहनेछ । 

प्रतियोगिको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ भने पोखरा महानगरपालिकाको संयोजन रहनेछ ।

गत संस्करणमा प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको थियो ।