मार्सेलो

मार्सेलोको बिदाई सोमबार

मड्रिड । स्पेनिस क्लब रियाल मड्रिडले सोमबार भेट्रान रक्षक मार्सेलोको बिदाई गर्ने भएको छ ।

मड्रिडले आइतबार एक विज्ञप्ति जारी गर्दै ब्राजिलियन रक्षकको सोमबार सान्टियागो बर्नबेउबाट गर्ने जनाएको हो ।

मार्सेलोको बिदाईमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित हुने क्लबले जनाएको छ ।

मार्सेलोले च्याम्पियन्स लिगको फाइनलसँगै मड्रिड छोड्ने घोषणा गरेका थिए । मड्रिडले फाइनलमा लिभरपुललाई १–० ले पराजित गर्दै कीर्तिमानी १४औं पटक उपाधि जितेको थियो ।

सन् २००७ मा स्पेनिस क्लब भित्रिएका मार्सेलोले मड्रिडबाट कुल २५ उपाधि जितेका छन् । मार्सेलो मड्रिडबाट सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् ।

उनले मड्रिडबाट पाँच च्याम्पियन्स लिग, ६ स्पेनिस ला लिगा, तीन युरोपियन सुपर कप, दुई कोपा डेल रे, पाँच स्पेनिस सुपर कप र चार क्लब विश्वकपको उपाधि जितेका छन् ।