युइएफए नेसन्स लिग

लुकाकुले पोल्यान्डविरुद्धको खेल गुमाउने

लन्डन । चोटका कारण बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले नेसन्स लिगअन्तर्गग बुधबार पोल्यान्डविरुद्ध हुने खेल गुमाउने भएका छन् ।

लिग वान ग्रुप ४ मा रहेको बेल्जियमले शुक्रबार पहिलो खेलमा नेदरल्यान्डसलाई ४-१ को नतिजा सुम्पिएको थियो ।  

बेल्जियमले लुकाकु वेल्स र पोल्यान्डविरुद्धको दोस्रो खेलमा पनि पूर्ण रुपमा फिट हुँदै मैदान फर्कने वा नफर्कने बारे केही बताएको छैन ।

बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनजेले नेसन्स लिग कतार विश्वकप २०२२ अघि टोलीका लागि राम्रो अभ्यास भएकाले टोलीले स्वभाविक लय अनुरुपको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।

‘नेदरल्यान्डससँगको हारले टोलीले स्वभाविक लय गुमाएको प्रष्ट हुन्छ’, मार्टिनेजले भने, ‘हामीले यहाँ कठिन प्रतिद्धन्द्धीहरुविरुद्ध खेलिरहेका छौं । यी खेलहरुले हाम्रो टोलीमा सुधार आउनेछ । चोटका कारण लुकाकु भने टोलीमा हुनेछैनन । आशा छ केही दिनको विश्रामपछि उनी टोलीमा फर्कनेछन् ।’

नेदरल्यान्डसविरुद्धको हार बेल्जियमले सन् २०१७ सेप्टेम्बरपछि घरेलु मैदानमा गुमाएको पहिलो खेल थियो । सन् २०१० अक्टोबरपछि पछि बेल्जियमले घरेलु मैदानमा चार गोल खाएको यो पहिलो पटक हो ।