एन्फा निर्वाचन

एन्फा निर्वाचन: उजुरी परेका दशमध्ये चार बदर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने निर्वाचनका लागि गठित निर्वाचन समितीमा मंगलबार परेको दाबी विरोधको विभिन्न दश मध्य चार उजुरी बदर भएको छ ।

आसन्न निर्वाचन तालिका अनुसार मंगलबार दाबी विरोधको समयसिमा रहेको थियो । बुधबार निर्वाचन समितिले उजुरी उपर छानविन गर्दै चार मताधिकार खोसेको समिति स्रोतले खेलाडीलाई बतायो ।  

जसमा महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लब रहेका छन् ।  

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्बाङ पक्षले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध दिएको ८ मध्य चार उजुरी सहि प्रमाणित भएको समितिले ठहर गरेको छ ।

योसँगै कर्मा पक्षलाई धक्का लागेको छ । उसको चार भोट खोसिने संकेत देखिएको छ । अब, यो पक्ष यो निर्णय चित्त नबुझेमा पुनरावेदन समितिमा जान सक्नेछ ।

यस्तो छ दावी विरोधबाट हटाइएको चार निर्णयः

१. महिला फुटबल समितिको वैशाख २६ गतेको बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरिएकोमा कीर्ते गरि विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रुपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

२. सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष तथा अडिड एन्ड कम्प्लयान कम्पनीका दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भुमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेवारी स्वत खारेज हुने हुनुपर्ने ।

३. सिराहा जिल्ला फुटबल संघका महासचिव प्रविणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने ।

४. सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको एन्फा सामाजिक उत्तरदायित्व समितिको संयोजक रहेकाले सो समिती एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरुको कार्यकाल चार वर्ष हुन र त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज हुनुपर्ने