बार्सिलोना

लिभरपुलको नजरमा डेम्बेले

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका विंगर ओस्मान डेम्बेले भित्र्याउन इङ्लिस क्लब लिभरपुल जोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सका २५ वर्षीय विंगर डेम्बेल र बार्सिलोनाबीचको सम्झौता यही जुन ३० मा सकिँदै छ । यद्यपि, हालसम्म सम्झौता नविकरण हुन नसक्दा डेम्बेलेले क्लब छोड्न सक्ने आंकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार डेम्बेलेका लागि लिभरपुलले संवाद अघि बढाएको छ ।

सन् २०१७ मा बोरुसिया डर्टमन्डबाट स्पेनिस क्लब भित्रिएका डेम्बेलेले बार्सिलोनामा अपेक्षाअनुरुपको प्रदर्शन भने गर्न सकेका छैनन् ।

यस सिजन बार्सिलोनाबाट सबैखाले प्रतियोगितामा गरी ३२ खेल खेलेका डेम्बेलेले दुई गोल र १३ असिस्ट गरेका छन् । यस्तै, अहिलेसम्म बार्सिलोनाबाट एक सय ५० खेल खेलेका डेम्बेलेले ३२ गोल र ३४ असिस्ट गरेका छन् ।