एन्फा चुनाव

'महासचिवले प्यानलको कार्यक्रम चलाउनु दुर्भाग्यपूर्ण'

काठमाडौं । इन्द्रमान तुलाधरले अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने चुनावका लागि कर्मा छिरिङ शेर्पाको प्यानलको कार्यक्रम चलाएकोप्रति पाँचथर जिल्ला फुटबल संघका अध्यक्ष सुरेश साहले प्रश्न उठाएका छन् ।

काठमाडौंको तीनकुनेमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रम एन्फाका महासचिव तुलाधरले चलाएका थिए । यद्यपि, उनले कार्यक्रम सुरु गर्दै आफू महासचिवभन्दा पनि संकटा क्लबको अध्यक्षको हैसियतमा पोडियममा उभिएको बताएका थिए ।

आसन्न चुनावका लागि शेर्पा प्यानलको कार्यक्रम चलाउनु दुर्भाग्यपूर्ण भएको पाँचथरका अध्यक्ष साहले बताएका छन् ।

‘कर्मा जीको उम्मेदवारी घोषण कार्यक्रममा एन्फाको महासचिवबाट कार्यक्रम सञ्चालन हुनु दुर्भाग्यपूर्ण छ, वहाँ नेपाली फुटबल संघको आधिकारिक र एन्फाको कर्मचारी व्यक्ती भएको कारण वहाँमाथि नैतिकताको प्रश्न हो । महासचिव जी  कर्माको नभई एन्फाको महासचिव हुनुपर्ने हो, यो नेपाली फुटबलको लागि गलत नजिर र दुर्भाग्यपूर्ण छ,’ उनले लेखेका छन् ।