किलियन एमबाप्पे

पिएसजीविरुद्ध ला लिगाले युइएफएमा उजुरी गर्ने

मड्रिड । स्पेनिस ला लिगाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध युरोपियन फुटबलमा उजुरी गर्ने भएको छ ।

शनिबार पिएसजीले स्ट्राइकर किलियन एमबाप्पेसँग तीन वर्षे नयाँ सम्झौता गरेको केही क्षणमै ला लिगाले एक विज्ञप्तिमार्फत फ्रेन्च क्बलविरुद्ध कानुनी कारवाहीको प्रकृया अघि बढाउने बताएको हो ।

ला लिगाले पिएसजीले एमबाप्पेलाई क्लबमै राख्न मोटो रकम खर्चेको भन्दै त्यसले ‘युरोपियन फुटबलको आर्थित स्थिरतामा आक्रमण गरेको’ जनाएको छ ।

‘यस प्रकारको सम्झौताले युरोपियन फुटबलको आर्थिक स्थिरतालाई आक्रामण गर्छ भन्ने ला लिगाको बुझाई छ,’ ला लिगाले जारी गरेको विज्ञप्तिामा उल्लेख छ, ‘यसले युरोपियन फुटबलमा मात्र नभई घरेलु लिगको हजारौंको रोजगार र खेलकुदको अखण्डतालाई धरापमा पार्नेछ । पिएसजीविरुद्ध ला लिगाले युइएफए, फ्रान्सेली प्रशासन र युरोपेली युनियनमा उजुरी गर्नेछ ।’

फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पेलाई स्पेनिस क्लब रियाल मड्रिडले भित्र्याउने चर्चा चुलिए पनि पिएसजीले नै सम्झौता नविकरण गरेको हो ।