वैशाख ३०, २०८२ मंगलबार | ०८:४०:३७
आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान

अनुशासित सफियाको सफलता कथा

काठमाडौं । त्रिभुवन आर्मी क्लबको महिला टोलीले एनभिए राष्ट्रिय क्लब लिगमा गत महिना पहिलो पटक उपाधि उचाल्यो । घरेलु महिला प्रतियोगितामा एकछत्र राज गर्दै आएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगै नेपाल पुलिस क्लब र न्यु डायमन्डलाई पछि पार्दै आर्मीले उपाधि जितेको थियो ।

महारथीलाई पाखा लगाउँदै आर्मी च्याम्पियन बन्दा सफिया पुन मगरको भूमिका सबभन्दा महत्वपूर्ण थियो ।

कुनै पनि प्रतियोगितामा आर्मीको महिला टोलीले तेस्रो स्थानभन्दा माथिको नतिजा निकाल्न सकेको थिएन । तर, यसपाली आर्मीले पुराना महारथीको बर्चस्य तोड्यो । महारथीलाई पाखा लगाउँदै आर्मी च्याम्पियन बन्दा सफिया पुन मगरको भूमिका सबभन्दा महत्वपूर्ण थियो ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ कुनै अवार्ड हात नपारे पनि सफियाको योगदान उल्लेखनीय थियो ।

बागलुङ, गल्कोटकी स्थायी वासिन्दा २६ वर्षकी सफियाले लहैलहैमा सानैदेखि गाउँघरमा भलिबल खेल्न सुरु गरेकी थिइन् । तर आफ्नै उमेरका अन्य साथीभन्दा अग्ली भएकाले सानै उमेरमा उनले गाविस स्तरीय प्रतियोगितामा मौका पाउन थालिन ।

हाल पाँच फिट सात इन्च उचाइकी सफियाको गाविस स्तरीय प्रतियोगिता खेल्ने क्रममा राष्ट्रिय रेफ्री खुम गाउँलेसँग भेट भयो । उनलाई ठ्याक्कै यहीं दिन भन्ने थाहा छैन तर, त्यही भेटले उनलाई आज राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यको रुपमा उभ्याएको छ ।

गाउँतिर खेल्ने शैलीभन्दा फरक तरिकाले खेल्नुपर्ने भएकाले प्राविधिक रुपमा भलिबल सिक्न उनलाई आर्मी आएपछि पनि झन्डै एक वर्ष जति लाग्यो ।

रेफ्री गाउँलेबाट भलिबल खेल्न अझ प्रोत्साहन पाएकी सफिया राजधानीमा वर्षेनी हुने ढोरपाटन महिला भलिबल प्रतियोगितामा धादिङको टिमबाट खेल्न आइन् । प्रतियोगितामा राम्रो नतिजा नआए पनि उनले त्यहाँ धेरै कुरा सिक्न पाएकी थिइन् ।

यहीं प्रतियोगिताकै प्रदर्शनका आधारमा त्रिभुवन आर्मी क्लबले उनलाई अनुबन्धनको प्रस्ताव गर्यो । २०७२ सालमा उनी आर्मीमा आबद्ध भइन् ।

गाउँतिर खेल्ने शैलीभन्दा फरक तरिकाले खेल्नुपर्ने भएकाले प्राविधिक रुपमा भलिबल सिक्न उनलाई आर्मी आएपछि पनि झन्डै एक वर्ष जति लाग्यो ।

‘त्यतिबेला क्लबमा सबै जान्ने थिए । मलाई जम्प भनेको थाहा थिएन । भलिबलको बारेमा बुझ्न एकवर्ष लाग्यो,’ उनले खेलाडीसँगको कुराकानीमा भनिन्, ‘टिममा चिनजान नभएकाले पनि गाह्रो भयो । तर, सबैसँग घुलमिल भएपछि सजिलो भयो ।’

उनी पहिलो पटक २०७६ सालमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदको नेपाली टिममा परेकी थिइन । त्यही टोलीले १३औं सागमा रजत पदक जित्यो ।

सफियाले त्यतिबेला आर्मीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठ र हालका प्रशिक्षक लोकेश बुढाबाट ट्रेनिङ गरेकी थिइन्।

आर्मीको टिममा धेरै खेलाडी नभएकाले सफियाले प्लेइङ सेटमा आफ्नो स्थान सुरक्षित गर्न धेरै समय कुर्नु परेन । चाँडै टिममा स्थान बनाइन् ।

सफियाको भलिबल जीवनले तब सार्थकता पायो जब, उनी राष्ट्रिय टिममा परिन् । उनी पहिलो पटक २०७६ सालमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदको नेपाली टिममा परेकी थिइन । त्यही टोलीले १३औं सागमा रजत पदक जित्यो ।

त्यसयता राष्ट्रिय टिममा नियमित रहेकी सफिया गतवर्ष बंगलादेशमा एभिसी सेन्ट्रल जोनको उपाधि रक्षा गर्ने टोलीकी महत्वपूर्ण सदस्य थिइन । बंगलादेशमा नेपालले अपराजित रहँदै उपाधि जितेको थियो ।  

सफिया एउटा अत्यन्तै अनुशासित र मेहनती खेलाडी भएका कारण सफलता हासिल गरेको आर्मीका प्रशिक्षक बुढा बताउँछन् । भन्छन्, ‘सफियाले जिरोबाट नैं सुरु गरेकी थिइन । खेलाडीमा मेहेनत र अनुशासन हुनुपर्छ । जुन उसमा धेरै छ । यही कारण उनको प्रदर्शन राम्रो हुँदै आएको छ । उनमा ट्रेनिङ गर्दा नथाक्ने, जति पनि गर्नसक्ने खुबी छ ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP