विश्वकप छनोट

फर्नान्डेज नायक बनेपछि पोर्चुगल विश्वकपमा

लिस्वन । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि विश्वकप छनोटको प्लेअफ फाइलनमा नर्थ मेसोडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगलले कतार विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

प्लेअफको सेमिफाइनलमा इटालीमागि अप्रत्यासित जित निकाल्दै पोर्टो पुगेको नर्थ मेसोडोनिया क्रिस्चियानो रोनाल्डोको टोलीविरुद्ध भने निरिह बन्यो ।

फर्नान्डेजले घरेलु मैदानको पूर्ण फाइदा उठाए । खेलको ३२औं मिनेटमा कप्तान रोनाल्डोले उपलब्ध गराएको बललाई जाली चुमाउदै फर्नान्डेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

यस्तै, ६५औं मिनेटमा डिएगो जोटाको असिस्टमा फर्नान्डेजले नै गोल गर्दै पोर्चुगलको जितसँगै विश्वकपमा यात्रा पक्का गरे ।

विश्वकप यात्रासँगै ३७ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय उपाधिका लागि अन्तिम मौका पाएका छन् ।

प्लेअफको फाइनलमा स्थान बनाउने क्रममा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गरेको थियो ।