इङ्लिस प्रिमियर लिग

औबामयाङप्रति आर्सनलले गरेको व्यहार अस्वभाविकः ऐडेवायोर

लन्डन । आर्सनलका पूर्व स्ट्राइकर इमानुयल एडेवायोरले क्लबले पियरी इमरिक औबामयाङप्रति गरेको व्यवहारमा आपत्ति जनाएका छन् ।

आर्सनलका पूर्व कप्तान औबामयाङ डिसेम्बर पहिलो साताअनुशासनविपरित कार्य गरेको भन्दै कारबाहीमा परेका थिए । त्यसयता उनले टोलीमा स्थान बनाउन सकेका छैनन् ।

क्लबले गरेको व्यवहारप्रति असन्तुसष्ट रहेका औबामयाङले यसै महिना क्लब छोड्न चाहान व्यक्त गरेका थिए ।

एडेवायोरले भने खेलाडीको भन्दा पनि क्लबको नियt खराब भएकाले समस्या आएको आरोप लगाए ।

‘औबामयाङ कठिन समयमा छन् किनभने आर्सनलले राम्रो व्यहार गरेको छैन’, एडेवायोरले भने, ‘उनीहरुलाई सामान्य गल्तीमा माफी दिनुपर्छ भन्ने नै थाहा छैन । उनी राम्रा खेलाडी हुन् । म उनलाई अझ राम्रो खेल्नका लागि शुभकामना दिन चाहन्छु । मैले उनलाई यसअघि नै आफ्नो सुभेक्षा पठाइसके । ’

‘म औबमयाङ स्वभाविक लयका साथ टोलीमा फर्किएको हेर्न चाहन्छु,’एडेवायोरले थपे ।

एडेवायोरले सन् २००६ देखी २००९ सम्म आर्सनलबाट खेलेका थिए । म्यानचेस्टर सिटी जानु अघि उनले आर्सनलबाट एक सय ४२ खेलमा ६२ गोल गरेका थिए । ्