सहिद स्मारक ए डिभिजन लिग

जावलाखेलकाे लगातार दोस्रो जित

काठमाडौं । सोमबार भएको खेलमा सातादोबाटो युथ क्लबलाई २–० को नतिजामा पराजित गरेसँगै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको जावलाखेलले दुवै गोल दोस्रो हाफमा गर्यो । पहिलो हाफमा नवप्रवेशी सातदोबाटोविरुद्ध दबाबमा परेको जावलाखेल मध्यान्तरपछि आक्रामक शैलीमा प्रस्तुत भएको थियो ।

दोस्रो हाफको सुरुआतदेखि नै सातदोबाटोमाथि दबाब बनाएको जावलाखेलका लागि ५०औं मिनेटमा विपिन कडेलले गोल गर्दै अग्रता दिलाएका थिए । ओन्गुना जुनियर दिएको क्रसलाई ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै विपिनले गोल गरेका थिए ।

निकोलस फर्नान्डेजले ७०औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट गरेका प्रहार सोझै गोलमा परिणत भएको थियो । निर्धारित ९० मिनेटको खेल सकिन ३० मिनेट बाँकी रहँदा २–० ले पछि परेको सातादोबाटोले सिजनको दोस्रो हार टार्न सकेन ।

जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानका उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको सातदोबाटो पाँचौं स्थानमा छ ।

जावलाखेलले अन्तिम खेलमा च्यासल युथ क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो ।