एसिसी यु १९ एसिया कप

अफगानिस्तानले भारतलाई दियो २६० रनको लक्ष्य

दुबई । लिजाज अहमद र कप्तान सुलिमन सफीको अर्धसतकप्रेरित अफगानिस्तानले यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार भारतसामु दुई सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्ड २ मा टस हारेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर दुई सय ५९ रनको योगफल खडा गर्यो ।

अफगानिस्तानका लिजाज अहमद र कप्तान सुलिमन सफीले अर्धसतकिय पारी खेले । अहमदले ६८ बलमा एक चौका र सात छक्कासहित सर्वाधिक ८६ र सफीले ८६ बलमा सात चौका र एक छक्कासहित ७३ रन जोडे ।

त्यस्तै अल्लाह नुरले २६, खैबेर वालीले २०, मोहमद इसाकले १९ र सुलेमन अरबजाइले १८ रन बनाए ।

भारतका रजवर्धन हंगरगेकर, राज बावा, बिक्की ओसत्वल र कुशल तम्बेले समान एक विकेट हात पारे ।