सहिद स्मारक लिग

पहिलाे हाफमा थ्रिस्टार २–० ले अघि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा च्यासल युथ क्लबविरुद्ध थ्रिस्टार क्लबले पहिलो हाफमा २–० अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशान खड्काले २३औं मिनेटमा थ्रिस्टारलाई अग्रता दिलाएका थिए । निशानले डिबक्स बाहिर पाएको फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

२५औं मिनेटमा च्यासलले खेलमा फर्किने माैका गुमाएकाे थियाे ।  थ्रिस्टारका अनन्त तामाङले विकाश मेराग्लियामाथी फाउल गरेपछि प्राप्त पेनाल्टीलाई विदेशी गोलकिपर प्रिसोले बचाएपछि च्यासलले खेलमा फर्किने मौका खेर फालेकाे हाे । 

पहिलो हाफको अन्तिम मिनेटमा रफयल बिडियसले थ्रिस्टारकाेअग्रता दोब्बर पारे । बिडियसले हेमन्त थापा मगरको फ्रिकिक बललाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।