विराट गोल्डकप

विराट गोल्डकपः मछिन्द्र पहिलो पटक च्याम्पियन

विराटनगर । घरेलु टोली सांग्रीला मोरङ जिल्ला फुटबल संघलाईअतिरिक्त समयमा २-० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब विराट गोल्डकपको आठौं संस्करणमा च्याम्पियन बनेको छ ।

विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

मछिन्द्रलाई पहिलो पटक च्याम्पियन बनाउन छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गरे । ११३औं मिनेटमा छिरिङको गोलमार्फत मछिन्द्रले अग्रता लियो । ६ मिनेटपछि नै हिसुबदे गोल गर्दै मछिन्द्रलाई २-० को जित दिलाए । 

 उपाधिसँगै मछिन्द्रले ११ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता मोरङले ५ लाख ५० हजार पायो ।

मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताको साउर्थन समिति २-१ तथा सेमिफाइनलमा सिक्किम ड्रागनलाई १-० ले हराउँदै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको थियो ।

मोरङ क्वार्टरफाइलनमा भुटानको रोथल थिम्पु एफसीलाई ३-० तथा सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई सडनडेथमा ४-३ ले हराउँदै फाइनल पुगेको थियो ।

चैत १५ देखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १० टिम सहभागी थिए ।  

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी मोरङका महेन्द्र कार्की घोािषत भए । उनले मोटरसाइकल प्राप्त गरे । यसैगरी मछिन्द्र विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, स्टेफन समिर बिनोङ सर्वाधिक गोलकर्ता र सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २१ हजार रुपैयाँ पाए ।