अल हिलाल

अल हिलालको विश्वकीर्तिमान, २८ खेलसम्म लगातार जित

काठमाडौं । २८ खेलसम्म लगातार जित निकाल्दै साउदी प्रो लिग क्लब अल हिलालले विश्वकीर्तिमान कायम गरेको छ । गत २१ सेप्टेम्बरमा दमकसँग १–१ को बराबरी खेलेपछि अल हिलालले लगातार २८ खेल जितेको हो ।

मंगलबार राति भएको एसियन च्याम्पियन्स लिगमा अल हिलालले साउदीकै अल इत्तिहादलाई २–० ले हराउँदै सेमिफाइनल पक्का गरेको हो । पहिलो लेगमा पनि २–० ले  विजयी भएको अल हिलालले सगम्रमा ४–० को जित निकालेको हो । हिलालको जितमा ब्राजेलियन स्टार माल्कोम र साउदी खेलाडी अल साहरानीले गोल गरे ।

सेप्टेम्बरमा फुलहमका पूर्व स्ट्राइकर एलेक्जान्डर मिट्रोभिकले गोल गर्दा १–१ को बराबरी खेलेको थियो । अल हिलालमा माल्कोमसहित उल्भ्सका मिडफिल्डर रुवेन नभेस र अर्का ब्राजेलियन स्टार नेयमार जुनियर छन् । तर, नेयमारमा घुँडाको चोटपछि अक्टोबर यता मैदान बाहिर छन् ।

बेन्फिका र फ्लेमेङ्गोका पूर्व प्रशिक्षक जर्ज जेसुस अल हिलालको प्रशिक्षक छन् । उनकै प्रशिक्षणमा साउदी प्रो लिगमा अल हिलालले क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरलाई पछि पार्दै १२ अंकको अग्रता बनाएको छ ।