वाफ वुमन्स च्याम्पियन्स

इराकविरुद्ध पहिलो खेलकै टोली निरन्तरता

फाइल फोटो

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत इराकविरुद्धको दोस्रो खेलमा नेपालले पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सिरियाविरुद्धको टोलीलाई नै मैदान उतारेका हुन् । खेल साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा राति ७ः४५ बजे सुरु हुने छ ।

गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले हराएको थियो । नेपालको जितमा अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका थिए ।

यता इराक भने पहिलो जितको लक्ष्यमा छ । इराकले पहिलो खेलमा प्यालेस्टाइनसँग ३-० को हार ब्यहोरेको हो ।

नेपाली टोली
गोलकिपरः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
रक्षकः हीराकुमारी भुजेल, गीता राना, अमृता जैसी, पुजा राना
मिडफिल्डरः अनिता बस्नेत, दीपा शाही, प्रीति राई, 
फरवार्डः रेखा पौडेल, सावित्रा भण्डारी, अमिषा कार्की