एएफसी च्याम्पियन्स लिग

रोनाल्डोको गोलमा अल नासर विजयी

काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको गोलप्रेरित अल नासरले एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ मा अल फायहालाई १-० ले हराएको छ ।

बुधबार राति साउदी प्रो क्लबविरुद्ध रोनाल्डोले विजयी गोल गरेका हुन् । अल माज्मा स्पोर्टस सिटीमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो ।

८१औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गरे । मार्सेलो ब्रोजोभिकको पास सदुपयोग गर्दै रोनाल्डोल गोल गरेका हुन् ।

दोस्रो लेग अल नासरको मैदानमा २१ फेब्रुअरीमा हुनेछ ।