मकवानपुर गोल्डकप

आर्मीलाई हराउँदै रारा क्लब सेमिफाइनलमा

हेटौंडा । धनकुटाको रारा फुटबल क्लब, राजारानी हेटौंडाको गौरीटार रंगशालामा जारी छैठौं स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ र

राराले सोमबार सम्पन्न क्वार्टरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ४-३ले पराजित गरेको हो ।

शनिबार मात्र आर्मीले पहिलो पटक नेपाली फुटबलको सबभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिता आहा रारा गोल्डकपमा उपाधि जितेको थियो । पोखराबाट सोझै हेटौंडा पुगेको टोलीे एक रातको पनि आरामविना सोमबार राराविरुद्ध मैदान उत्रिएको थियो । आर्मी गए राती साढे १२ बजे हेटौंडा पुगेको थियो ।