चैत्र ८, २०८२ आइतबार | ०४:०६:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एक्सेल्सियर कपः रेडियन्टलाई दोहोरो उपाधि

द एक्सेल्सियर कपको बास्केटबल उपाधि विजेता रेडियन्ट र काष्ठमण्डप टोली

काठमाडौं । रेडियन्ट पब्लिकले १०औं एक्सेल्सियर कपमा सोमबार दोहोरो उपाधि जितेको छ । रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यु-१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सिय स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१-४४ ले पराजित गर्यो । रेडियन्टका रोहित चौधरीले २८ अंक जोडे ।

सिनियर गर्ल्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२-१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् ।

रोहित र अमानी आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।

ब्वाइज फुटसल
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-१२ मा मोर्डन इन्डियन स्कुल (एमआइएस), यु-१३ मा रेडियन्ट र यु-१६ मा न्यु एराले उपाधि चुमे ।

 द एक्सेल्सियर कपको फुटसल उपाधि विजेता रेडियन्ट, एमआइएस र न्यु एरा टोली 

यु-१२ को फाइनलमा एमआइएसले बृहस्पति विद्या सदनमाथि ५-१ को सहज जित दर्ता गर्यो । एमआईएसका रफिक महर्जनले ४ तथा श्रृजल बोहराले १ गोल गरे ।

एमआइएस रफिक महर्जन उत्कृष्ट खेलाडी तथा प्रसिद्ध आचार्य उत्कृष्ट गोलरकिपर बने । ल्यान्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।

यु-१३ को फाइनलमा रेडियन्टले काष्ठमण्डपलाई पेनाल्टी सुटआउटमा २-० ले हरायो । निर्धारित समयको खेल १-१को बराबरीमा टुंगिएको थियो । 

रेडियन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडियन्टकै प्रयास थापा मगर उत्कृष्ट गोलकिपर ठहरिए । राई स्कुल अनुशासित टिम बन्यो ।

यु-१६ को उपाधि भिडन्तमा न्यु एराले काष्ठमण्डपको चुनौती ४-१ ले पन्छायो । न्यु एराका आयुश मगरले २ तथा पेम्बा तामाङ र डेविड अधिकारीले समान१ गोल गरे । 

न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलकिपर चुनिए । बाल दीक्षा सदन अनुशासित टिम बन्यो ।

विजेतालाई पूर्व सांसद एवं एनप्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले पुरस्कृत गरे ।

माघ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज/गर्ल्स बास्केटबलमा समान १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । फाइभ ‘ए’ साइड फुटसलको यु-१२ मा १८, यु-१३ मा २० र यु-१६ मा १२ टोली सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो