माघ १७, २०८२ शनिबार | १६:१३:११
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एक्सेल्सियर कपः रेडियन्टलाई दोहोरो उपाधि

द एक्सेल्सियर कपको बास्केटबल उपाधि विजेता रेडियन्ट र काष्ठमण्डप टोली

काठमाडौं । रेडियन्ट पब्लिकले १०औं एक्सेल्सियर कपमा सोमबार दोहोरो उपाधि जितेको छ । रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यु-१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सिय स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१-४४ ले पराजित गर्यो । रेडियन्टका रोहित चौधरीले २८ अंक जोडे ।

सिनियर गर्ल्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२-१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् ।

रोहित र अमानी आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।

ब्वाइज फुटसल
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-१२ मा मोर्डन इन्डियन स्कुल (एमआइएस), यु-१३ मा रेडियन्ट र यु-१६ मा न्यु एराले उपाधि चुमे ।

 द एक्सेल्सियर कपको फुटसल उपाधि विजेता रेडियन्ट, एमआइएस र न्यु एरा टोली 

यु-१२ को फाइनलमा एमआइएसले बृहस्पति विद्या सदनमाथि ५-१ को सहज जित दर्ता गर्यो । एमआईएसका रफिक महर्जनले ४ तथा श्रृजल बोहराले १ गोल गरे ।

एमआइएस रफिक महर्जन उत्कृष्ट खेलाडी तथा प्रसिद्ध आचार्य उत्कृष्ट गोलरकिपर बने । ल्यान्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्यो ।

यु-१३ को फाइनलमा रेडियन्टले काष्ठमण्डपलाई पेनाल्टी सुटआउटमा २-० ले हरायो । निर्धारित समयको खेल १-१को बराबरीमा टुंगिएको थियो । 

रेडियन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडियन्टकै प्रयास थापा मगर उत्कृष्ट गोलकिपर ठहरिए । राई स्कुल अनुशासित टिम बन्यो ।

यु-१६ को उपाधि भिडन्तमा न्यु एराले काष्ठमण्डपको चुनौती ४-१ ले पन्छायो । न्यु एराका आयुश मगरले २ तथा पेम्बा तामाङ र डेविड अधिकारीले समान१ गोल गरे । 

न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलकिपर चुनिए । बाल दीक्षा सदन अनुशासित टिम बन्यो ।

विजेतालाई पूर्व सांसद एवं एनप्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले पुरस्कृत गरे ।

माघ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज/गर्ल्स बास्केटबलमा समान १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । फाइभ ‘ए’ साइड फुटसलको यु-१२ मा १८, यु-१३ मा २० र यु-१६ मा १२ टोली सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।