अखिल नेपाल फुटबल संघ एन्फा

चिङ्घाइसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले चीनको चिङ्घाइ युवा फुटबल टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक नेपाली युवा टोलीको घोषणा गरेको छ ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका र नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा प्रभाव जमाएका खेलाडीलाई समेट्दै एन्फाले बिहीबार आफ्नो फेसबुक पेजमार्फत ३२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

नेपालमा रहेको चीनियाँ राजदुत, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यही माघ २७ गते शनिबार दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

उक्त खेल चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको बताइएको छ । प्रतियोगिताको सह आयोजकमा एन्फा र नेपाल ओभरसिज चीनियाँ संघ रहेको छ ।

मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ । खेलअघिको उद्घाटन समारोहमा विशेष कार्यक्रम हुनेछन् । यस्तै पहिलो हाफको अन्तरालपछि पनि केही प्रस्तुतिहरु समावेश हुने एन्फाले यसअघि नै जानकारी गराइसकेको छ ।

आयोजकले यसअघि नै साधारण प्याराफिटतर्फत तीन सय र भिआइपी प्याराफिटतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तोकिसकेको छ ।

प्रारम्भिक टोलीमा छानिएका खेलाडीः
गोलकिपरः कृष्टल मोक्तान, जियारथ सेख, विशाल सुनार, पुजन होना, सन्तोष महत

रक्षकः अशिम भुषाल, पदम भट्टराई, अन्जल महर्जन, योगेश गुरुङ, सुमित श्रेष्ठ, छिरिङ लामा, विशाल बस्नेत, अश्विन घोरासैनी, अजय चौधरी

मिडफिल्डरः प्रशान्त लक्सम, दीपेश गुरुङ, लाकेन लिम्बु, रोहन कार्की, सन्तोष खत्री, उत्सव राई, मनिष डांगी, चन्दन कुमार दास, अभिषेक गुरुङ

फरवार्डः आयुष घलान, कुशल देउवा, दीनेश हेन्जन, आशिक बावु चौधरी, दीपेश आले मगर, समीर तामाङ, सञ्जीव विष्ट, सविन लुंगेली मगर, निराजन धामी