काठमाडौं । टर्की सुपर लिगमा निर्णायक रहेका एक रेफ्रीमाथि क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि लिगका सबै खेल स्थगित गरिएको छ ।
सोमबार राति भएको खेलमा एमके अन्कुरागुकुका अध्यक्ष फारुक कोकाले रेफ्री हलिल उमुत मेलरलाई मैदान प्रवेश गर्दै मुक्का प्रहार गरेका हुन् । लात्ति प्रहार भएको पनि भनिएको छ ।
सुपर लिग अन्तर्गत केकुर रिजेस्पोरविरुद्धको खेलमा अन्कुरागुकुले ९७औं मिनेटमा गाेल ब्यहाेरेकाे थियो । खेल बराबर भएपछि अध्यक्ष फारुक मैदान प्रवेश गर्दै रेफ्रीमाथि जाइलागेका हुन् ।
‘लिगका सबै खेल तत्कालको लागि स्थगित गरेका छौं,’ टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले भनेका छन्, ‘यो घटना टर्की फुटबलको लागि लज्जास्पद हो ।’
मुक्का प्रहारपछि मैदानमा ढलेका रेफ्री मेलर घाइते भएका छन् । यस घटनाका क्लब अफिसियल र खेलाडी पनि सम्मिलित रहेको बताइएको छ ।
३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट मध्येका एक रेफ्री हुन् । उनले टर्कीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलाउँदै आएका छन् । यस्तै फिफाका खेलहरु पनि खेलाउने गर्छन् । साथै युईएफए रेफ्री पनि हुन् ।