नेपाली राष्ट्रिय महिला फुटबल टिम

रश्मिले उडिशाबाट आइ लिग खेल्ने

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका रश्मि कुमारी घिसिङले पहिलो पटक आइ लिग खेल्ने भएकी छन् ।

रश्मि स्पोर्टस उडिशामा आबद्ध भएकी हुन् । प्रतियोगिता डिसेम्बर ८ बाट सुरु हुनेछ । उडिशाले डिसेम्बर १० मा इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यससँगै आइ लिगमा अनुबन्ध हुने नेपाली खेलाडीको संख्या पाँच पुगेको छ । यसअघि गोलकिपर एन्जिला तुम्बाप्पो  सुब्बा र रक्षक गीता राना सेथु एफसी तथा मिडफिल्डरद्धय प्रीति राई र दीपा शाही किकस्टार्टमा आबद्ध भएका थिए ।

प्रतियोगिताका लागि रश्मि शुक्रबार भारत प्रस्थान गर्नेछिन् ।