अन्तर वडा टेबल टेनिस

अन्तर वडा टेबल टेनिसः कपालीलाई स्वर्ण

सांकेतिक तस्बिर

पाटन । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र कपालीले स्वर्ण जितेका छन् ।

कपालीले फाइनलमा सुरेश वज्राचार्यलाई १२-१०,११-६,११-५ को सोझो सेटमा पराजित गरे । प्रकाश धाक्वा र निशान प्रधान संयुक्त रुपमा तेश्रो भए ।

ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन भइरहेको छ।

कुल ३ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।